आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा मछिन्द्र र एपीएफ खेल्दै

 माघ १२, २०७८ बुधबार ८:८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन् ।

खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । उसले फाइनलमा मनाङ मर्स्याङ्दी  क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । साविक विजेता संकटा क्लबलाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

एपीएफले बीवाईएससी मिनेसोटा यूएसएलाई हराउँदै अन्तिम चारमा पुगेको हो । आजदेखि स्वास्थ्यका मापदण्डको पूर्ण पालनासहित सीमित दर्शकलाई पनि प्रवेश दिने तयारी छ । प्रतियोगितामा १० टोली सहभागी छन् । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया