सङ्खुवासभाको मकालुमा नक्कली नोट फेला पर्‍याे

 माघ १३, २०७८ बिहिबार १९:४८:४७ | नवीन गुरुङ
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा रहेको सिद्धार्थ बैंकमा नक्कली नोट फेला परेको छ । 

आज बिहीवार सिद्धार्थ बैंकको शाखा कार्यालय नुम बजारमा त्यहाँकै एक महिलाले जम्मा गर्न ल्याएको पैसाको बिटोमा एक हजार रुपैयाँको नोट नक्कली फेला परेको सिद्धार्थ बैंक नमु शाखाका सहायक प्रबन्धक दिलबहादुर विश्वकर्माले बताउनुभयो । एक हजार रुपैयाँको नोटलाई कलर प्रिन्ट गरिएको र अन्य नोट भन्दा अलि सानो आकार भएकाले सजिलै पत्ता लागेको उहाँले बताउनुभयो । 

याे नोटकाे बारेमा सिद्धार्थ बैंकको केन्द्रमा समेत जानकारी गराइ सकिएको विश्वकर्माको भनाइ छ । यस नोटको बारेमा अनुसन्धान भइरहेको बैंकले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया