पालिकाको चुनाव बैशाखमै भए पनि सामना गर्न तयार छाैँ : माधवकुमार नेपाल

 माघ १५, २०७८ शनिबार १४:१३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पालिकाको चुनाव बैशाखमै भए पनि सामना गर्न तयार रहेको बताउनु भएको छ ।

अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताउनु भएको हो । शनिबार काठमाण्डाैमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उहाँले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दाबी समेत गर्नु भयो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी चुनावसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर चुनावमा जान प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाब यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं ।  पालिकाको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । केन्द्रिय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं', अध्यक्ष नेपालले भन्नु भयो,  'गठबन्धनको एकता तोड्न खोजिरहेका होलान् । गठबन्धन फुटाएर त्यसकाे फाइदा उठाउँला भनेर कोही त्यो मौकाको ताकमा पनि होलान् । तर आज बिहान भएको बैठकमा पनि नेपाली कांग्रेसका सबै नेताहरुले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।'

स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिबद्धता व्यक्त गरेकाले पनि गठबन्धन नफुट्ने नेपालकाे दाबी छ । अध्यक्ष नेपालले पालिकाको चुनाव असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पनि राख्नु भयो । उहाँले पालिकाका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गते पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै पालिकाको चुनावमा जाने व्यवस्था संविधानमा भएको दाबी समेत गर्नु भयो । अध्यक्ष नेपालले संवैधानिक व्यवस्था अनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गर्नु भयो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया