२३ लाख ४० हजार मात्रा माेडर्ना खाेप नेपाल आइपुग्याे

 माघ १८, २०७८ मंगलबार १९:५५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – (काेभिड १९) कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ । 

कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल आइपुगेकाे स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

सरकारले कोभ्याक्समार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेकोमा १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ । आज ल्याइएको २३ लाख ४० हजार मात्रा  खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने चौरासियाले बताउनुभयो । 

कोभ्याक्स सुविधामार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढिसकेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया