अफ्रिकन कप अफ नेसन्स : क्यामरुनलाई पेनाल्टीमा हराउँदै इजिप्ट फाइनलमा

 माघ २१, २०७८ शुक्रबार ८:२२:५३ | एजेन्सी
unn.prixa.net

क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको छ ।

गएराति भएको खेलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इजिप्ट उपाधि नजिक पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

इजिप्टले उपाधिका लागि आइतवार सेनेगलसँग खेल्नेछ । बुधवार राति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल फाइनलमा पुगिसकेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया