प्रधानमन्त्री देउवासँग छलफल गर्न एमाले अध्यक्ष ओली दिउँसो बालुवाटार जाने

 माघ २३, २०७८ आइतबार १४:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज आइतवार भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली दिउँसो ४ बजे बालुवाटार जान लाग्नुभएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको चुनावको मिति लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले ओलीलाई भेट्न बोलाएकाले उहाँ दिउँसो ४ बजे बालुवाटार जान लागेको बजगाँइले जानकारी दिनुभयो ।

अमेरिकाले फागुन १६ गतेभित्र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरिसक्न पत्र पठाएपछि प्रधानमन्त्री तत्कालै सम्झौता पास गर्ने तयारीमा हुनुहुन्छ तर सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले संशोधन गरेर मात्रै पास हुनुपर्ने अडान लिएपछि प्रधानमन्त्री देउवा अप्ठेराेमा हुनुहुन्छ ।

यस्तै सभामुख अग्नि सापकोटाले लगातार संसद् बैठक बस्ने मिति सारेको विषयमा पनि प्रधानमन्त्री देउवा असन्तुष्ट हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया