भारतमा कोरोनाका कारण लगाइएका धेरैजसो प्रतिबन्ध हट्यो

 माघ २४, २०७८ सोमबार ७:२:३७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतले कोरोना रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ । 

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै भारतले प्रतिबन्धात्मक नियमहरु हटाउन थालेको हो ।

सङ्क्रमण हुनेको सङ्ख्या र सङ्क्रमणदर दुवै घटेकाले आजदेखि सबै सरकारी कार्यालय खुल्ने छन् । सरकारी सेवा नियमित अवस्थामा फर्किएको छ ।

आजदेखि सबै कर्मचारी भौतिक रुपमा नै नियमित रुपमा कार्यालय जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, कार्यालयमा स्वास्थ्यका मापदण्ड भने पालना गर्नु पर्नेछ ।

 यस्तै, नयाँ दिल्लीमा बन्द भएका शैक्षिक संस्था पनि आजदेखि खुल्दै छन् ।

दिल्लीका स्कुल, कलेज, कार्यालय लगायतका क्षेत्र खुलेका हुन् । भारतको जनजीवन बिस्तारै पुरानै लयमा फर्किन लागेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया