यू–१९ महिला एशिया कप : नेपाल र श्रीलङ्काबीचकाे खेल नतिजाविहीन
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - जुम्लाको पाटनमा जडीबुटी खोज्न जाँदा हिउँमा फसेकामध्ये १४ जना गाउँ फर्किएका छन् । फसेका ३४/३५ जनामध्ये अहिलेसम्म १४ जना फर्किएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले जानकारी दिनुभयो ।
बाक्लो हिउँ परेपछि फसेका उनीहरु हिजो घाम लागेर हिउँ पग्लिएपछि फर्किएका हुन् । बाँकी केही आज फर्किने तयारीमा रहेका छन् ।
भेडा तथा जडीबुटी समेत रहेका केहिले भने तत्काल फर्कने इच्छा नदेखाएका जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । उनीहरु तातोपानी गाउँपालिका वडा नम्बर ८ मा रहेको गाग्रा, ऐडी ओडार र खोटेसल्लामा बसेका छन् ।
बाक्लो हिमपातपछि अस्ति उद्धारका लागि गएको हेलिकप्टर अवतरण हुन नसकेपछि खाद्यान्न खसालेर फर्किएको थियो ।
यसैबीच, हिउँ खेल्न गएका गोरखाका दुई युवा हराएका छन् ।
बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला घले पाँच दिनदेखि परिवारको सम्पर्कमा नआएका हुन् । परिवारले उनीहरु हराएका र खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् ।
परिवारको सूचनाका आधारमा खोजी थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताउनुभयो । करण र साइँला गएको माघ २० गते लाप्राकमा हिउँ खेल्न भनेर हिँडेका परिवारले जानकारी दिएका छन् ।
गएको बिहीवार र शुक्रवार देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपात भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।