सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने बताउनुभएकाे छ । आज मङ्गलवारकाे कुराकानीमा नेता गुरुङले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । संशोधन नभएसम्म एमसीसी संसदमा टेबुल नहुने उहाँले बताउनुभयो ।
एमसीसीको विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमति गरेर जानुपर्ने नेता गुरुङले उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले गठबन्धनको सहमतिविना एमसीसी परियोजना अगाडि बढाएमा गठबन्धन स्वतः समाप्त हुने उहाँले बताउनुभयो । नेता गुरुङले भन्नुभयो, ‘एमसीसी यही अवस्थामा अनुमोदन हुन सक्दैन । त्यसैले यसलाई संशोधन गर्नुपर्याे, परिमार्जन गर्नुपर्याे, एमसीसी कम्पनीसँग कुराकानी गर्नुपर्याे भन्ने कुरा भइराखेको छ पाँच दलभित्र । कति संशोधन हुन सक्छ, कति परिमार्जित हुन सक्छ, त्यही आधारमा दलहरू बीचमा कति राष्ट्रिय सहमति हुन्छ, हुँदैन भन्ने कुराको आधारमा अगाडि बढ्ने हो । अहिले पाँच दलको बीचमा संशोधनको विषय भएको हुनाले संशोधनकै लागि प्रयास गरौँ एमसीसी कम्पनीसँग । जबसम्म संशोधन गर्न तयारी हुँदैन तबसम्म यो सदनमा टेबुल हुने विषय भएन । गठबन्धन छोडेर जान चाहानुभयो भने त उहाँको (प्रधानमन्त्री) कुरा भयाे । गठबन्धन रहँदासम्म त सहमति गरेर जाने कुरा हो । गठबन्धन छोड्ने कि नछोड्ने भन्ने त प्रधानमन्त्रीकाे कुरा हो । उहाँले गठबन्धन छोडेर एमसीसी लिएर जानुभयो भने त गठबन्धन स्वतः समाप्त भयो त । मलाई लाग्छ गठबन्धन छोडेर उहाँ त्यो रूपले लाग्नुहुन्छ जस्तो लाग्दैन ।’
नेता गुरुङले राष्ट्रियता र संविधानको रक्षाका निम्ति वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै ती मुद्दाहरू यथावत् रहेकाले स्थानीय तहकाे चुनावमा पनि गठबन्धन कायम राख्नुपर्ने बताउनुभयो । यद्यपि स्थानीय तहको चुनावमा गठबन्धन गर्ने विषयमा भने सल्लाह गर्न बाँकी नै रहेको उहाँले स्पष्ट पार्नुभयो । नेता गुरुङले भन्नुभयो, ‘अहिलेको आवश्यकताअनुसार प्रजातन्त्रको रक्षा, राष्ट्रियताको रक्षा, संविधानको रक्षाको विषयलाई लिएर यो गठबन्धनको प्रक्रिया सुरु भएको अवस्था हो । यी मुद्दाहरू, विषयहरू अझै पनि यथावत् नै छ । त्यो आवश्यकताअनुसार गठबन्धन निरन्तरतामा लानुपर्छ भन्ने त देखाउँछ । तर चुनाव भनेको प्रतिस्पर्धा पनि हो । सहमतिभित्रको प्रतिस्पर्धा पनि हो । गठबन्धनले कसरी चुनावा अभ्यास गर्ने भन्ने विषयमा गठबन्धनमै सल्लाह गरेर तय हुन्छ ।’
यस्तै नेता गुरुङले आउँदाे वैशाख ३० गते स्थानीय तहको चुनाव गर्दा स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयाे । उहाँले कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै चुनाव गरिसक्नुपर्ने ऐनको व्यवस्था भएकाले वैशाख ३० गते चुनाव गर्दा पनि कानुनी जटिलता हुन सक्ने बताउनुभयाे । सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद् अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्थाअनुसार कार्यावधि सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ऐन र संविधान बाझिएको अवस्थामा मूल कानुन भएको हिसाबले संविधानको व्यवस्थाअनुसार नै चुनाव गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैबीच नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्ने गरी एमसीसीको विषयलाई गिजोलिएको बताउनुभयो । एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरूले नै गलत प्रचारबाजी गरी भ्रम सिर्जना गराएको उहाँले बताउनुभयो ।
विश्वकर्माले नेपाली कांग्रेसकै नेतृत्वमा चुनावमा सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्बद्ध दलहरू पनि सन्तुष्ट रहेको बताउनुभयो । चुनावलाई शतप्रतिशत निष्पक्ष बनाउन कांग्रेसले प्रयत्न गर्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।