गुजरातलाई हराउँदै नेपाल पुलिस क्लब इन्डो–नेपाल भलिबलको फाइनलमा
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – निर्वाचन आयाेगले चुनावमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ । पछिल्लो समय जन्मिएका नयाँ राजनीतिक दलहरूको विवाद पनि सर्वोच्च अदालत तथा निर्वाचन आयोगले सल्ट्याइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
अहिले आयोगमा एक सय पाँच वटा राजनीतिक दल दर्ता भएका र चुनाव प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित नभएसम्म अरू दल पनि दर्ता हुन सक्ने र चुनावमा भाग लिन सक्ने उहाँले स्पष्ट पार्नुभयो ।
प्रवक्ता पाैडेलले भन्नुभयो, ‘सर्वोच्च अदालत, निर्वाचन आयोगले दलहरूकाे विवाद सल्टाएर अहिले एक सय पाँच दल कायम छन् । स्थानीय तहको चुनावका लागि पुनः दल दर्ता गर्न आह्वान गरेको सूचनाअनुसार दलहरू दर्ता हुन आए भने ती पनि चुनावका लागि योग्य हुन्छन् ।’
केही दिनमै निर्वाचन कार्यतालिका प्रकाशित हुने
आयोगले केही दिनभित्रमै २०७९ वैशाख ३० गतेसम्मकै लागि निर्वाचन कार्यतालिका प्रकाशित गर्ने बताएको छ । निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले मतदाता नामावली सङ्कलनको काम स्थगित भएको उल्लेख गर्दै अब मतदाता नामावलीको अद्यावधिकको काम सुरु हुने बताउनुभयो ।
अन्तिम मतदाता नामावली प्रकाशित हुन भने अझै डेढ महिना लाग्ने आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।