पनौतीमा लागेकाे मकर मेलाका कारण कोटेश्वर नाकामा चाप

 माघ २८, २०७८ शुक्रबार ७:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - काभ्रेकाे पनौतीमा लागेकाे मेलाका कारण काठमाण्डौको कोटेश्वर हुँदै बाहिरिने र भित्रिने गाडीको चाप बढ्न थालेको छ ।

कोटेश्वर जगाती हुँदै पनौती पुगिने भएकाले यो नाकामा हरेक दिन चाप पर्ने गरेको छ। विशेष गरी कार्यालय समयमा धेरै जाम हुने गरेको छ । हरेक १२ वर्षमा मात्रै मेला लाग्ने भएकाले मेलामा जानेहरुकाे भिड छ ।

यात्रुको भिडले सार्वजनिक गाडीमा ओहोरदोहोर गर्न नै मुस्किल  छ।

अहिले सार्वजनिक गाडी र निजी गाडीमा पनौती मेला भर्न जानेहरुको सङ्ख्या उत्तिकै छ । पनौतीको त्रिवेणीघाटमा लाग्ने मकर मेला गएको १ गतेदेखि सुरु भएको हो  । मेला भर्न पुगेका दर्शनार्थीले त्रिवेणीघाटमा रहेको कुण्डमा मकर स्नान गर्ने गरेका छन्।

सूर्य धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको पहिलो दिन माघ १ गतेदेखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकाले यसलाई मकर मेला भनिएको हो ।  मेला भर्न पुग्ने दर्शनार्थीको सङ्ख्या बढेसँगै त्यहाँ फोहोरमैला समेत बढेको छ । मकर मेलाको भोलि अन्तिम दिन हो। 
 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया