तुलसीपुर आगलागी : पाँच जनाकाे ज्यान गयाे, एक जना घाइते

 माघ २८, २०७८ शुक्रबार ८:२७:७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे हाे ।

आगोमा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । 

मृतकहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएकाे प्रहरीले जनाएकाे छ । 

आज बिहान दुई बजेदेखि लागेकाे आगाे अहिले नियन्त्रणमा आएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयाे । 

तस्बिर :

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया