ओमानसँगकाे खेलमा नेपाल टस जितेर बलिङ गर्दै

 माघ २८, २०७८ शुक्रबार १५:५२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेकाे छ । अल अमिरात क्रिकेट मैदानमा खेल सुरु भएकाे हाे । 

आजकाे खेलमा नेपालका युवा स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादवले सिनियर टोलीबाट डेब्यु गरेका छन् ।

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रूपमा लिएको छ ।

अहिले नेपाली टोलीमा १७ खेलाडी छन् । आउँदो शुक्रवारदेखि सुरु हुने टी-२० विश्व कप छनोटअघि यसलाई १४ सदस्यीय टोलीमा झार्नुपर्नेछ ।

सन्दीप लामिछाने कप्तान बनेपछि यो उनको पहिलो खेल पनि हो । नेपालले ओमानसँग टी–२० मा पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो । यो खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया