आर्मी र जावलाखेलले १–१ गाेलकाे बराबरी खेले

 माघ २८, २०७८ शुक्रबार १९:४३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रवार भएकाे दाेस्राे खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा आर्मी र जावलाखेलले एक–एक गोलको बराबरी खेलेका हुन् । जावलाखेलका लागि ओन्गुना जुनियरले गोल गरे । आर्मीका लागि सुमन अर्यालले गोल गरे ।

आजकाे बराबरीसँगै आर्मी १० खेलमा १८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । यस्तै उति नै खेल खेलेकाे जावलाखेल नाै अङ्कसहित तालिकाकाे ११ औँ स्थानमा छ । 

आजै भएकाे पहिलाे खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइजलाई पाँच–दुई गोल अन्तरले हरायाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया