निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

 माघ २९, २०७८ शनिबार ७:२२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घले निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णयमा उद्योग वाणिज्य महासङ्घले आपत्ति जनाएको हो ।

कोरोना महामारीका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय कठिन अवस्थाबाट गुज्रिरहेको र पूर्ववत् अवस्थामा सञ्चालन हुन नसकेको भन्दै महासङ्घले बैंकिङ्ग क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालन गर्न सहयोग हुने अपेक्षा भइरहेको अवस्थामा निक्षेपको ब्याज बढाउने विषय मिल्दो नभएको महासङ्घको भनाइ छ ।

उद्योग व्यवसाय क्षेत्र तथा उद्योगी व्यवसायीले लिएको ऋणको ब्याजदर पुनः बढे यो क्षेत्र थप धरासायी हुने र उद्योगी व्यवसायी सडकमा आउने अवस्थातर्फ महासङ्घले सरकार र राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ। हरेक त्रैमासमा निक्षेपमा ब्याजदर वृद्धि हुँदै जाने हो भने उद्योग व्यवसायलाई निरन्तरता दिन नसकिने महासङ्घले ठहर छ ।

ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुने भन्दै महासङ्घले उद्योग क्षेत्र दबाबमा परे त्यसको प्रत्यक्ष असर देशको उत्पादन र अर्थतन्त्रमा पर्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिएको छ । तीन महिनादेखि मुद्दती निक्षेपको ब्याजदर नबढाउन बैंकहरुबीच भएको भद्र सहमति हिजो तोडिएको छ ।

तीन महिनादेखि नबढेको मुद्दतीको ब्याजदर बैंकहरुले चाहेमा बढाउन खुला गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । तीन महिनाअघि राष्ट्र बैंकले बैंकहरुलाई मुद्दती निक्षेपको ब्याजदर नबढाउन दबाब दिएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया