चार देशीय टी–२० क्रिकेट श्रृङ्खलामा आज नेपाल र यूएई खेल्दै

 माघ २९, २०७८ शनिबार ८:४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चार देशीय टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।

खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ । यूएईसँग भएका पछिल्ला तीन खेलमा नेपालले दुई जित र एकमा हार बेहोरेको छ ।

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीचको टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले श्रृङ्खलाको अन्तिम खेलमा पर्सि सोमवार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी पुरुष टी–२० विश्व कप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ अघि नेपालले चार देशीय श्रृङ्खला खेलेको हो ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया