आईपीएलको मेगा अक्सन : नेपालबाट सन्दीप लामिछाने मात्र समावेश

 माघ २९, २०७८ शनिबार ९:३९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएलको मेगा अक्सन भारतको बेङ्ग्लोरमा आज र भोलि दुई दिन हुँदैछ ।

अक्सनमा ३ सय ७८ भारतीय र २ सय २२ विदेशी खेलाडी रहेका छन् । नेपालबाट राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने मात्र अक्सनमा समावेश छन् । उनले अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ तोकेका छन् ।

सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि लामिछाने मात्र छनोटमा समावेश भएका हुन् । अक्सनमा एक टोलीले बढीमा २५ र कम्तीमा १८ खेलाडी किन्नुपर्ने हुन्छ ।

एक टोलीले ९० करोडभन्दा बढी खर्चिन पाउने छैनन् । यो सिजनमा दुई नयाँ फ्रेन्चाइज टोली गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट थपिएका छन् । यसअघि सन् २०१८ देखि २०२० सम्म दिल्ली क्यापिटल्समा रहँदै सन्दीपले ९ खेलमा १३ विकेट लिएका थिए ।

गएको सिजनको मिनी अक्सनमा उनलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लामिछानेको कप्तानीमा ओमानमा चार देशीय टी–२० श्रृङ्खला खेलिरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया