एपीएफलाई २ विकेटले हराउँदै पुलिसकाे लगातार तेस्राे जीत
चैत १, २०८१ शुक्रबार
भक्तपुर – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार सञ्चालनमा ल्याएको सि.टि.स्क्यान तथा क्याथ ल्याब सेवाको उद्घाटन गर्नुभएको छ ।
केन्द्रमा बुधबार आयोजित कार्यक्रममा उहाँले जिल्लामा सरुवा भएर गएका डाक्टरले हाजिर गर्न सुरु गरेदेखि नै काठमाडांैमा सरुवा मागेर हैरान पार्ने गरेको बताउनुभयो ।
मन्त्रालयमा काठमाण्डौं सरुवा गरिदिन माग गर्दै आउँने दैनिक डाक्टरहरु आउँने गरेको बताउँदै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले भन्नुभयो,‘जिल्लामा सरुवा भएर गएका डाक्टर हाजिर भएका दिनदेखि काठमाडौंमा सरुवा हुन माग गर्छन्, राम्रा डाक्टर प्रदेशमा समेत जान मान्दैनन्, यस्तो प्रवृत्ति त्याग्नु पर्छ ।’
उहाँले ८५ देखि ९० प्रतिशत जनता गाउँमा बस्ने गरेको र ८० प्रतिशत भन्दा बढी डाक्टर शहरमा बस्ने गरेको बताउँदै गाउँमा जनता धेरै, शहरमा डाक्टर धेरै हुने यो असमानता हटाउनुपर्ने भनाई राख्नुभयो ।
यसवर्ष सरकारले गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउन देशभर १२ सयवटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने बताउँदै उहाँले सबै नेपाली जनतालाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको बताउँनुभयो ।
कार्यक्रममा केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म ५०० जनामा मिर्गौला प्रत्यारोपण गरेको बताउँदै भारत, पाकिस्तान लगायतका बिभिन्न देशबाट समेत विरामी आउने गरेको बतउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
deelip Devkota
Sept. 12, 2018, 6:54 p.m.सरकार को अकर्मण्यता ब्यापारिकरन स्वस्थ्य मा अनि करोडौं को लगानी कहाँ बाट उपर गरून् तिनले आफ्नो लगानी मोफसलका एक दुई हस्पिटल जहाँ साधन श्रोत को जोहो भय पनि उपकरण लाई बलात्कार को सैलिमा धोस्त पारिन्छ अनि निजि स्वास्थ संस्था को कमिसन मा किर्ना बन्छन् कोहि त्यो हेर्न जाने डाकटर जिल्ला ?