यूएईसँगको खेलमा नेपालले टस जित्यो : टोलीमा तीन परिवर्तन

 माघ २९, २०७८ शनिबार ११:४२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

चार देशीय टी–२० क्रिकेटमा यूएईसँगको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

ओमानको अलअमिरात मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । लोकेश बम, स्पिनर साहब आलम र जितेन्द्र मुखियालाई आजको खेलमा मौका दिइएको छ ।

अभिनाष बोहाेरा, सागर ढकाल र प्रदीप ऐरी बेन्चमा रहेका छन् ।

नेपालले हिजो भएको पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो । टी–२० मा नेपाल र यूएईबीच तीन खेल भएकोमा नेपालले दुईमा जित र एउटामा हार बेहोरेको छ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीचको टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

नेपालले श्रृङ्खलाको अन्तिम खेलमा पर्सि सोमवार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी पुरुष टी–२० विश्व कप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ अघि नेपालले चार देशीय श्रृङ्खला खेलेको हो ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया