गठबन्धनका नेताबीच आज पनि जुटेन एमसीसी संसदमा पेस गर्ने सहमति

 माघ २९, २०७८ शनिबार १६:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको आजको छलफलमा पनि अमेरिकी सहयोग एमसीसीसँगको सम्भौता संसदमा पेस गर्नेबारे सहमति जुट्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेस गर्नेबारेमा छलफल भए पनि सहमति नजुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा एमसीसी सम्झौता संसदमा अघि बढाउने विभिन्न विकल्पहरूबारे छलफल भएको र प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अब बस्ने बैठकमा सम्झौता पेस गर्ने प्रस्ताव गरेकोमा दाहाल र नेपालले अहिलेकै अवस्थामा एमसीसी अघि बढाउन नसकिने बताउनुभएको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक पर्सि सोमबारका लागि बोलाइएको छ । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल आफैँले दिएको समयसीमा सकिन अब १५ दिन मात्रै बाँकी छ । प्रधानमन्त्री देउवा एमसीसी संसदमा पेस गर्ने योजनामा हुनुहुन्छ भने सत्तागठबन्धनका अरु मुख्य घटक माओवादी र नेकपा एकीकृत समाजवादी संसोधन बिना एमसीसी अघि नबढाउने अडानमा छन् ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले एमसीसी सम्झौताबारेमा संसदमा छलफल हुनुपर्ने पक्षमा छ ।  तीन नेताबीच आज भएको छलफलमा मन्त्रीपरिषद पूर्णताका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया