शुक्लाफाँटामा बाघ सर्वेक्षण सुरु

 माघ २९, २०७८ शनिबार १८:३८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो ।

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण कार्य थालनी भएको छ । निकुञ्ज कार्यालयका अनुसार बाघ सर्वेक्षणको लागि २ किलो मिटर लम्बाइ तथा २ किलोमिटर चौडाइ भएका २ सय ६० वडा ग्रीडहरुमा विभाजन गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बाघको फोटो खिच्नका लागि स्वचालित क्यामेराबाट सर्वेक्षण गर्न लागिएको बताउनुभयो  । तीन हप्तामा बाघ गणना सम्पन्न हुनेछ । बाघ सर्वेक्षणका लागि कुल ५ सय २० थान क्यामेरा, ७० जना प्राविधिक र ५ ओटा हात्ती परिचालन गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।

शुक्लाफाँटामा सन् २००९ देखि बाघ गणना हुँदै आएको छ । निकुञ्जमा यसअघि गरिएको राष्ट्रिय सर्वेक्षण अनुसार १६ वटा बाघ भेटिएका थिए । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्‍याउने सरकारको लक्ष्यअनुरूप शुक्लाफाँटामा समेत बाघको संख्या दोब्बर गर्ने लक्ष्य राखिएको छ ।

शनिवार त्यस कार्यक्रम शुभारम्भ गर्न कञ्चनपुर पुग्नुभएका वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले बाघ सर्वेक्षण कार्यक्रमले देशभर बाघको संख्या पत्ता लाग्ने साथै जैविक विविधतामा पर्ने असर लगायतमा महत्वपूर्ण कुरा थाहा हुने बताउनुभयाे ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया