प्रकृतिको मृगौला सिमसार
माघ २०, २०८१ आइतबार
अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर लागू गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको करका नयाँ दर लागू भएको बीबीसीले जनाएको छ । अब अमेरिकामा क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५–२५ प्रतिशत कर लाग्नेछ ।
यस्तै चीनबाट आयात हुने सामानका १० प्रतिशत कर लाग्नेछ । क्यानडाबाट आयात हुने तेलमा भने नयाँ भन्सारदर फेब्रुअरी १८ तारिखबाट कार्यान्वयनमा आउने राष्ट्रपती ट्रम्पको प्रशासनले जनाएको छ । अमेरिकी प्रशोधन केन्द्रहरूमा ल्याउने झन्डै ४० प्रतिशत कच्चा तेल विदेशबाट आयातित हुने गर्छ र त्यसको ठूलो हिस्सा क्यानडाबाट आउँछ । चीन, क्यानडा र मेक्सिको अमेरिकाका मुख्य व्यापार साझेदार हुन् ।
गएको वर्ष अमेरिकामा भएका आयातमा यी तीनले देशको हिस्सा ४० प्रतिशत थियो । तथ्याङ्क अनुसार सन् २०१८ यता अमेरिकामा चीनबाट हुने आयात खस्किएको छ । क्यानडा र मेक्सिकोले अमेरिकी आयात शुल्कको जवाफ दिने चेतावनी दिइसकेका छन् ।
क्यानडा र मेक्सिकोले तिर्नुपर्ने भन्सार शुल्क ती देशबाट गैरकानुनी रूपमा भित्रिएको फेन्टनिल औषधिको जवाफ भएको राष्ट्रपती ट्रम्पले बताउनुभएको छ । फेन्टनिल औषधिका कारण अमेरिकामा दशौ लाखले ज्यान गुमाएका बताइन्छ ।
चुनावी अभियानका क्रमम ट्रम्पले चिनियाँ उत्पादनहरूमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिनुभएको थियो । ट्रम्पले भविष्यमा युरोपेली संघ (ईयू) का लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।