आईपीएल मेगा अक्सनमा सन्दीप लामिछाने 'अनसोल्ड'

 फागुन १, २०७८ आइतबार ६:४४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको मेगा अक्सनमा 'अनसोल्ड' भएका छन् ।

बेङ्ग्लोरमा पहिलो दिन सम्पन्न अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । अर्थात उनलाई कुनै पनि टोलीले किनेनन् । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको थियो । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । लेग स्पिनर सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । अहिले उनी नेपाली टोलीको कप्तानी गर्दै विश्व कप छनोटका लागि ओमानमा रहेका छन् ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया