‘ए’ डिभिजन लिग : एनआरटी र हिमालयन शेर्पा तथा एपीएफ र सङ्कटा क्लब खेल्दै

 फागुन १, २०७८ आइतबार ८:२१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब खेल्दैछन् ।

खेल दिउँसो १ बजे सुरु हुनेछ । एनआरटी ९ खेलमा १३ अङ्क जोडेर लिगको सातौँ स्थानमा छ । समान खेलमा हिमालयन ११ अङ्क जोडेर आठौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् ।

एपीएफ ९ खेलमा १० अङ्क जोडेर नवौँ स्थानमा छ भने सङ्कटा समान खेलमा १४ अङ्क जोडेर छैटौँ स्थानमा छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया