अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन सकिँदैन : अध्यक्ष नेपाल

 फागुन १, २०७८ आइतबार २०:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताउनुभएको छ ।

महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरू असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा एमसीसी परियोजनामा विभिन्न आशङ्का कायमै रहेकाले पहिला त्यसबारे प्रष्ट हुनुपर्ने बताउनुभयो । 

जनताको हित र समाज कल्याणका लागि आफ्नो पार्टी क्रियाशील रहेकाले देशकाे राजनीतिमा पार्टीले विशिष्ट भूमिका निर्वाह गरी समाजवादको यात्रामा निरन्तर अगाडि बढेको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले आफूहरूले निर्माण गरेको पार्टी दक्षिणपन्थी अवसरवादको दलदलमा जकडिएपछि सुध्रने लक्षण नदेखेर कम्युनिस्ट आन्दोलनको निरन्तरतास्वरूप विद्रोह गर्नुपरेको बताउँदै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले तरङ्ग पैदा गरेको उल्लेख गर्नुभयो । 

वर्तमान गठबन्धन तीन तहको चुनावमा मिलेर जान पटक–पटक छलफल भएको भन्दै नेता नेपालले प्रतिगामीहरूको विरुद्धमा मोर्चाबन्दी हुने र त्यस्तो मोर्चा केही दिन अगाडि भएको राष्ट्रिय सभा चुनावले लक्षित गरिसकेकाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिनुभयो । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया