प्रिमियर लिग : लिभरपुलको कठिन जित, टोटेनह्याम वुल्भ्स्सँग पराजित हुँदा वेष्टह्याम र लेस्टरकाे बराबरी

 फागुन २, २०७८ सोमबार ७:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले कठिन जित निकालेको छ ।

गएराति भएको खेलमा रेलिगेशन जोनमा रहेको बर्नलीलाई लिभरपुलले १–० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलका लागि खेलको ४० मिनेटमा फाबिन्होले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

रेलिगेशनबाट बच्न सङ्घर्ष गरिरहेको बर्नलीले धेरै राम्रा गोललाई बचाएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलको ५४ अङ्क भएको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ६३ अङ्क छ ।

यस्तै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमै गएराति भएको खेलमा न्युक्यासल र वुल्भ्स् विजयी भएका छन् । न्युक्यासलले एस्टोन भिल्लालाई १–० गोल अन्तरले पराजित गरेको हो भने टोटेनह्याम वुल्भ्स्सँग २–० को गोल अन्तरले पराजित भएकाे हाे।

यस्तै, अर्को खेलमा चौथो स्थानमा रहेको वेष्टह्यामले ११औँ स्थानमा रहेको लेस्टर सिटीसँग २–२ गोलको बराबरी खेलेकाे छ ।  
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया