यो हप्ताको सुरुवातमा सुनकाे भाउ तोलामा २५ सय रुपैयाँले बढ्यो

 फागुन ३, २०७८ मंगलबार ११:१८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ । आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा पुगेको छ ।

यो हप्ता सुरु भएयता नै सुनको भाउ तोलामा २५ सय रुपैयाँले बढ्यो । अस्ति आइतवार तोलामा १५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा पुगेको थियो । हिजो भने अस्तिकै भाउमा सुनको कारोबार भएको थियो। तर, फेरि आज तोलामा १२ सय रुपैयाँले बढेको छ ।

युक्रेनमा भइरहेको तनावका कारण सुनको भाउ बढेको हुनसक्ने अनुमान गरिएको छ । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकासहित पश्चिमा देशहरुले रुसमाथि कडा चेतावनी दिन थालेका छन् । विश्वका शक्तिशाली राष्ट्रमा हुने गतिविधिका कारण सुनको भाउमा असर पर्ने गरेको छ ।

सुनमा गरिएको लगानी सुरक्षित मानिने भएकाले यस्तो बेला सुनको माग र कारोबार धेरै हुनेगर्छ । यसले गर्दा भाउ बढ्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया