नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – फुटबलर मनिष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् । शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत गएकाे शनिवार च्यासल युथ क्लबसँगको खेलमा उनी घाइते भएका छन् ।
त्याे खेलमा च्यासलका खेलाडीसँग मनिषको टाउको ठोक्किएको थियो । खेलको ६६ औँ मिनेटमा मैदानमै बेहोस भएका मनिषलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा लगेर उपचार थालिएको थियो । आज मनिष उपचार सकेर डिस्चार्ज भएको मच्छिन्द्र फुटबल क्लबले जनाएको छ ।
मनिषको स्वास्थ्य अवस्था सामान्य रहेको तर उनी कहिलेदेखि मैदान फर्कन्छन् भन्ने विषय भने अहिले भन्न नसकिने क्लबले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।