ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकिए

 फागुन ३, २०७८ मंगलबार १६:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मङ्गलवार भएका दुवै खेल बराबरीमा सकिएका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा बिग्रेड ब्वाइज र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीले गोलका राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।

आजकाे बराबरीसँगै ब्रिगेड ब्वाइजको ११ खेलमा सात अङ्क भएको छ भने च्यासलको ६ अङ्क छ । दुवै रेलिगेशन जोनमा छन् ।

आज भएको अर्को खेलमा जावलाखेल र फ्रेन्ड्स क्लबको खेल पनि रोमाञ्चक बराबरीमा सकिएको छ । जावलाखेलसँग फ्रेन्ड्सले तीन–शून्य को अग्रता पनि उल्टाउन सफल भयो । पहिलो हाफमा जावलाखेल तीन–एकले अघि थियो । जावलाखेलका लोइक एन्जिमीले दुई र रूपबहादुर लामाले एक गोल गरे । तर फ्रेन्ड्सका जमउल एन्थोली र ग्रासियाले एक गोल गर्दै खेल बराबरीमा ल्याए ।

याे बराबरीसँगै जावलाखेल ११ खेलमा १० अङ्कसहित ११ औँ स्थानमा छ भने फ्रेन्ड्स ११ खेलमा सात अङ्कसहित १२ औँ स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया