म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा : रोनाल्डो र फर्नाण्डेजको गोल

 फागुन ४, २०७८ बुधबार ७:४४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ । 

आज बिहान ब्राइटनसँग भएको खेलमा युनाइटेड २–० गोलले विजयी भयो । क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजले गोल गरेपछि युनाइटेड शीर्ष चारमा उक्लिएको हो । रोनाल्डोले खेलको ५१ औं मिनेटमा र ब्रुनोले इन्जुरी समयमा गोल गरेका हुन् । खेलको ५४औं मिनेटमा ब्राइटन १० खेलाडीमा सीमित भएको थियो । 

जितसँगै युनाइटेड २५ खेलबाट ४३ अंकसहित अंकतालिकामा चौथो स्थान छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ । लिगमा म्यानचेस्टर सिटी ६३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै लिभरपुल ५४ अंकका साथ दोस्रो र चेल्सी ४७ अंकका साथ तेस्रो स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया