जबरजस्ती करणी मुद्दामा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

 फागुन ४, २०७८ बुधबार १७:५६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

एमाले नेता एवम् मुगुका सांसद बानियाँ

काठमाण्डाै – प्रतिनिधि सभामा मुगुबाट निर्वाचित एमाले सांसद मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक शिक्षिकाको उजुरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो ।

ती शिक्षिकाले दिएको उजुरीका आधारमा आफूहरूले अदालतबाट पक्राउ पुर्जी माग गरेको र हिजो मङ्गलवार जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी मधुसूदन न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो । आरोपी बानियाँलाई पक्राउ गर्न प्रक्रिया सुरु गरेर खोजी भइरहेको पनि उहाँले बताउनुभयो ।

पक्राउ पुर्जी जारी भएको बारेमा संसद् सचिवालय र सभामुखलाई पनि जानकारी गराइसकिएको डीएसपी न्यौपानेले बताउनुभयो । नेकपा एमालेबाट निर्वाचित सांसद बानियाँ यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा केही दिन मन्त्रीसमेत बन्नुभएको थियो ।     

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया