पुल भाँचिएर अवरुद्ध भएको नारायणगढ–बुटवल सडक सञ्चालनमा

 पुष २७, २०८१ शनिबार ६:८:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध भएको सडक डाइभर्सनपछि सञ्चालनमा आएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने खोलामा पुल भाँचिएर अवरुद्ध भएको सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी गएरातिदेखि सञ्चालनमा ल्याइएको नवलपरासी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो ।

हिजो दिउँसो विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग भाँचिदा राजमार्ग अवरुद्ध भएको थियो । पुल भाँचिदा भारतीय नम्बर प्लेटको ७४ चक्के टेलर पुलको बीचमा फसेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डाइभर्सन गरिएको सडकमा अहिलेलाई यात्रुबाहक गाडी मात्रै सञ्चालनमा छन् । 
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया