आर्मी र हिमालयन शेर्पाबीचको खेल बराबरी

 फागुन ४, २०७८ बुधबार १८:९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज बुधवार भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा सकिएकाे छ । सातदोबाटोकाे एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा आर्मी र हिमालयन शेर्पाले एक–एक गाेलकाे बराबरी खेलेका हुन् । 

खेलको २६ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५ औँ मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । 

यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोलकिपर विकेश कुथुले रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो । हिमालयन शेर्पाका खेलाडी सुरेश कुमाललाई पेनाल्टी क्षेत्रबाहिर आएर फउल गरेपछि रेफ्री नवीन्द्र मर्हजनले विकेशलाई रातो कार्ड दिएका थिए । 

आजकाे बराबरीसँगै आर्मीले ११ खेलमा १९ अङ्क जोडेको छ । आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा यथावत् छ । त्यस्तै समान खेलमा हिमालयन शेर्पाको १२ अङ्क भएको छ । हिमालयन शेर्पा अङ्क तालिकाको आठौँ स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया