ए डिभिजन लिगमा पुलिस र थ्री स्टारले १–१ गाेलकाे बराबरी खेले

 फागुन ४, २०७८ बुधबार १९:५५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज बुधवार भएकाे खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले बराबरी खेलेका छन् । 

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पुलिस र थ्री स्टारले एक–एक गोलको बराबरी खेलेका हुन् । खेलकाे २१ औँ मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्री स्टारलाई एक–शून्यको अग्रता दिलाए । 

पहिलाे हाफसम्म थ्री स्टार अग्रता लिन सफल भयाे । दाेस्राे हाफकाे खेल सुरु भएकाे ५३ मिनेटमै सुमन सुवेदीले गाेल गर्दै पुलिसलाई बराबरीमा ल्याउन सफल भए ।   

आजकाे बराबरीसँगै थ्री स्टार ११ खेलमा १८ अङ्कसहित तालिकाकाे चौथो स्थानमा छ । उति नै खेल खेलेकाे पुलिस ११ अङ्कसहित नवौँ स्थानमा छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया