उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको ...
मंसिर १०, २०८१ सोमबार
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटर फाइनलको पहिलो लेगमा इङ्ग्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ ।
इन्टर मिलान घरेलु मैदान मिलानोमा २–० गोलले पराजित भयो । लिभरपुलले दुई वटै गोल खेलको दोस्रो हाफमा गरेको हो ।
उसका रोबर्टो फिर्मिनोले खेलको ७५औँ मिनेटमा र मोहम्मद सलाहले ८३औँ मिनेटमा गोल गरे । जितसँगै लिभरपुलको क्वाटर फाइनल यात्रा सहज भएको छ ।
लिभरपुल र इन्टर मिलान सन् २००८ पछि पहिलो पटक र समग्रमा पाँचौँ पटक खेलेका हुन् ।
यस्तै यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटर फाइनलको पहिलो लेगमा जर्मन क्लब बार्यन म्युनिख र अष्ट्रियन क्लब साल्जबर्गले बराबरी खेलेका छन् । बार्यन र साल्जबर्गले एक/एक गोलको बराबरी खेलेका हुन्।
घरेलु मैदानमा आज बिहान भएको खेलमा साल्जबर्गले खेलको पहिलो हाफमा बनाएको अग्रता जोगाउन सकेन । खेलको ९०औँ मिनेटमा किङ्ग्सले कोमानले गोल गरी बार्यनलाई हारबाट जोगाए ।
तस्बिर : द गार्जियन
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।