'ए' डिभिजन लिगमा एपीएफले मनाङलाई हरायो, सङ्कटालाई हराउँदै एनआरटी शीर्ष ५ मा

 फागुन ५, २०७८ बिहिबार १५:१८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ । 

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज बिहीवार भएको खेलमा एपीएफले मनाङलाई तीन–एक गोलले हरायो । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एपीएफले दुई गोल गर्‍याे । मनाङका अञ्जन विष्टले गोल गरेर मनाङलाई अग्रता दिलाए पनि क्लब हार्न बाध्य भयो ।  एपीएफका लागि आशिष लामा, मणि लामा र नवीन लामाले गोल गरे । 

आजको जितसँगै एपीएफ रेलिगेशनमा पर्ने सम्भावना सकिएको छ । एपीएफको १४ अङ्क भएको छ । मनाङ २० अङ्कसहित दोस्रो स्थानमा छ । 

आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) ले सङ्कटालाई एक–शून्य गोलले हरायो । उसका लागि स्टेफिनले गोल गरे । 

जितसँगै एनआरटी ११ खेलमा १७ अङ्कसहित शीर्ष पाँचमा पुगेको छ । १५ अङ्क रहेको सङ्कटा छैटाैँ स्थानमा झरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया