रुसले युक्रेनमा हमलाका लागि ‘बनावटी’ कारण खोजिरहेको छ : अमेरिका

 फागुन ६, २०७८ शुक्रबार ९:४४:२२ | एजेन्सी
unn.prixa.net

रुसले युक्रेनमा हमला गर्न ‘बनावटी’ कारण खोजिरहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको सैन्य कारबाही तत्कालै सुरु हुन सक्ने समेत बताउनुभएको छ । तर उहाँले कुटनीतिक समाधान अझै सम्भव रहेकोमा जोड दिनुभएको छ ।

अमेरिकी विदेशमन्त्रीले मस्कोले हमलाको औचित्य देखाउन प्रयोग गर्न सक्ने कयौँ कुराको सूची प्रस्तुत गर्नुभएको छ । न्युयोर्कमा राष्ट्रसङ्घीय सुरक्षा परिषदमा बोल्ने क्रममा एन्टोनी ब्लिङ्कनले रुसी हमला कस्तो खाले हुन सक्छ भन्ने स्पष्ट नभएको बताएका बीबीसीले जनाएको छ ।

मस्कोले भने अमेरिकी दाबीलाई आधारहीन रहेको भन्दै अनावश्यक विवाद र तनाव बढाएको आरोप लगाएको छ । बैठकमा रुसी सहायक विदेशमन्त्री सर्गेई भर्सिननले ब्लिङ्कनका विचार डरलाग्दा भएको टिप्पणी गर्नुभएको छ ।
 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया