टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट : नेपालले आज फिलिपिन्ससँग खेल्दै

 फागुन ७, २०७८ शनिबार ६:५४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो ।

खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।

हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । समूह ‘बी’मा उत्कृष्ट रनरेटका साथ क्यानडा शीर्ष स्थानमा छ ।

दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले फिलिपिन्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्ने लगभग पक्का हुनेछ । नेपालले पर्सि सोमवार क्यानडासँग खेल्नेछ। 

नेपालले फिलिपिन्सलाई हराउन सके र आज नै हुने समूह ‘बी’ को अर्को खेलमा ओमान क्यानडासँग पराजित भए नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ । तर आजको खेलमा ओमान विजयी भएमा नेपालले अन्तिम खेलमा क्यानडालाई हराउनु पर्ने हुन्छ । क्यानडासँगको खेलमा नेपाल पराजित भएमा नेट रनरेटमा निर्भर रहनेछ । नेपालले पर्सि सोमवार क्यानडासँग खेल्नेछ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया