'ए' डिभिजन लिग : बाह्राैँ चरणको खेल आजदेखि, फ्रेन्ड्स र च्यासल तथा मच्छिन्द्र र थ्री स्टार खेल्दै

 फागुन ७, २०७८ शनिबार ९:२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि बाह्राैँ चरणको खेल सुरु हुँदैछ ।

आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लब दिउँसो १ बजे खेल्दैछन् ।

दुवै टोलीलाई रेलिगेसनमा पर्नबाट जोगिन जित्नैपर्ने दबाब छ । फ्रेन्ड्स ११ खेलमा ७ अङ्क जोडेर अङ्कतालिकाको १२औँ स्थानमा छ । समान खेलमा च्यासल ६ अङ्क जोडेर पुछारमा रहेको छ ।

यस्तै दोस्रो खेलमा ‘ए’ डिभिजनको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लब बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा खेल्दैछन् ।

मच्छिन्द्र ११ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा छ । थ्री स्टार १८ अङ्ककासाथ चौथो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया