फिलिपिन्ससँगको खेलमा कुशल भुर्तेलको शतक

 फागुन ७, २०७८ शनिबार १३:१५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी–ट्वेण्टी क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्ससँगको खेलमा कुशलले शतक प्रहार गरेका हुन् ।

टी–ट्वेण्टी क्रिकेटमा यसअघि नेपालका पारस खड्का र ज्ञानेन्द्र मल्लले मात्रै शतक प्रहार गरेका थिए । कुशलले आठौँ अन्तर्राष्ट्रिय खेलमै शतक प्रहार गर्न सफल भएका हुन् । याेसँगै कुशलले अन्तर्राष्ट्रिय टी–ट्वेण्टी क्रिकेटमा अर्धशतकको संख्या पनि पाँच पुर्याएका छन् । पारसले अन्तर्राष्ट्रिय टी–ट्वेण्टीमा चार वटा अर्धशतक प्रहार गरेका थिए । कुशल भुर्तेलले २०७८ सालको बैशाखमा नेदरल्याण्ड्सँग काठमाण्डौमा भएको त्रिदेशीय श्रृङ्खलाको क्रममा चारवटा अर्धशतक बनाएका थिए । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • RajDkl

    Feb. 19, 2022, 4:08 p.m.

    सेन्चुरी हानेपछि हाफ सेन्चुरी गन्नुपर्दैन नि पत्रकार महोदय /

  •  0 Reply

तपाईको प्रतिक्रिया