'ए' डिभिजन लिग : जावलाखेल र हिमालयन शेर्पा तथा मनाङ र एनआरटी खेल्दै

 फागुन ८, २०७८ आइतबार ७:९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।

१२औँ चरण अन्तर्गतको खेल अनुसार आज दिउँसो एक बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । दुवै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।

 यसैबीच च्यासल युथ क्लब 'ए' डिभिजन लिगबाट रेलिगेशनमा परेको छ ।

हिजो भएको खेलका फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएको च्यासल रेलिगेशनमा परेर 'बी' डिभिजनमा घटुवा भएको हो । २०७३ सालमा बढुवा भएको च्यासलले तीन वटा सिजन 'ए' डिभिजन लिग खेल्न पायो। हिजोको जितसँगै १० अङ्क बनाएको फ्रेण्ड्स लगभग रेलिगेशनबाट बचेको छ ।

हिजोको दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई १–० गोलले हराएको छ । लिगको उपाधि जितिसकेको मच्छिन्द्रको १२ खेलमा ३२ अङ्क भएको छ  । थ्री स्टार १८ अङ्कसहित चौथो स्थानमा छ ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया