प्रतिनिधि सभाको बैठक सुरु, एमालेको नाराबाजी

 फागुन ८, २०७८ आइतबार १३:५५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले बेल घराउ गर्दै नाराबाजी गरेका छन् । एमालेका सांसदले कारबाही गरेका १४ सांसदलाई हटाउनुपर्ने माग गर्दै आएका छन् ।  

बैठकको सुरुमै बोल्दै माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौता पेस गर्ने भनेर कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेकोमा आपत्ति जनाउनुभयो ।

प्रतिपक्षी दलले विरोध गरिरहँदा राष्ट्रिय महत्त्वको विषय बनेको एमसीसी सम्झौता पेस गर्न नहुने गुरुङले बताउनुभयो । संसदमा ४२ वटा विधेयक विचाराधीन रहेको अवस्थामा एमसीसीलाई किन महत्व दिएर पेश गरियो भनेर उहाँले प्रश्न पनि गर्नुभएको छ । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया