परराष्ट्र मन्त्रालयले भन्यो– ‘सार्वभौम संसद्ले नै विकास सहायताबारे निर्णय गर्छ’

 फागुन ८, २०७८ आइतबार १७:३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्र मन्त्रालयले नेपालको सार्वभौम संसद्ले नै नेपालले लिने कुन विकास सहायता ठिक छ भनेर निर्णय गर्ने जनाएको छ । अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भएपछि परराष्ट्र मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर नेपालले अहिलेसम्म देश र नागरिकको आवश्यकता र देशको हितलाई आधार मानेर विदेशी सहायता लिइरहेको उल्लेख गरेको छ ।

एमसीसीतर्फ इङ्गित गर्दै मन्त्रालयले नेपालको राष्ट्रिय हित र प्राथमिकताका सर्तहरू हेरेर मात्रै सरकारले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको र अब यसको छिनोफानो सार्वभौमसत्ता सम्पन्न संसदले नै गर्ने उल्लेख गरेको छ ।

नेपालले सधैँ स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्रको खोजी गर्दै आएको र यो नीति अनुसार आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायताको उपयोग गरेको परराष्ट्रले जनाएको छ । मित्र देशका विकास सहायताले देशको पूर्वाधार निर्माणमा विकास सहायताले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले सहयोग गर्ने देशहरूलाई धन्यवाद दिएको छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया