पाँचाैँ टी–२० क्रिकेटमा श्रीलङ्काले अस्ट्रेलियालाई हरायाे

 फागुन ८, २०७८ आइतबार १९:३७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रीलङ्काले जितेको छ । मेलबर्नमा आज आइतवार भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई पाँच विकेटले हरायो । 

अस्ट्रेलियाले दिएको एक सय ५५ रनको लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो । उसका लागि कुशल मेन्डिसले नटआउट ६९ रन बनाए भने दसुन सनाकाले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका केन रिचर्डसनले दुई र अस्टन अगरले एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रन बनायो । उसका लागि म्याथु वाडेले सबैभन्दा धेरै ४३ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लाहिरु कुमारा र दुशमन्था चमिराले २/२ तथा प्रविन जयविक्रमा र चमिका करुणारत्नेले एक/एक विकेट लिए । 

याेसँगै पाँच खेलको शृङ्खला अस्ट्रेलियाले चार–एक ले जितेको छ । टी–२० शृङ्खला खेल्न श्रीलङ्का अस्ट्रेलिया भ्रमणमा गएकाे हाे । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया