आज एकै दिन ६९ जनामा काेराेना सङ्क्रमण
चैत १३, २०७९ सोमबार
काठमाण्डाै - काभ्रेको बनेपामा टाटा मोटर्सको नयाँ शोरूम सञ्चालनमा आएको छ ।
टाटा मोटर्सका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बनेपामा नयाँ शाेरुमकाे विस्तार गरेकाे हाे । टाटाले प्यासेन्जर कार बिक्रीका लागि लक्ष्मी अटो ग्रुपलाई यस क्षेत्रको डिलरका रुपमा नियुक्त गरेकाे छ ।
बनेपामा आउटलेट खुलेसँगै देशभर टाटा मोटर्सको १९ वटा आउटलेट पुगेकाे छ ।
सिप्रदीका प्यासेन्जर कार विजनेश युनिट प्रमुख शावन्तजङ्ग सिजापतिले लक्ष्मी अटो ग्रुपसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनु भयाे । उहाँले ग्राहक केन्द्रित दृष्टिकोण र उनीहरूसँग नजिकको सम्बन्ध विस्तार गर्न मद्दत मिल्नेमा आफूहरु सकारात्मक रहेकाे बताउनुभयाे ।
यस्तै लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले बनेपामा सिप्रदी ट्रेडिङ्गका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा आफूले निकै गर्व महसुस गरेकाे बताउनुभयाे ।
बनेपाको यो नयाँ आउटलेटबाट यस क्षेत्र आसपासका उपभोक्ताहरू लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।
यसभन्दा अघि टाटा मोटर्सले काठमाण्डौ, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिरहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुनसरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुर सहित देशका १९ ठाउँमा रहेकोे आउटलेटबाट ग्राहकलाई निरन्तर सेवा पुर्याइरहेको छ।