वेस्ट इन्डिजसँगकाे शृङ्खला 'क्लिन स्वीप' गर्दै भारत टी–२० वरीयताकाे शीर्ष स्थानमा उक्लियाे

 फागुन ९, २०७८ सोमबार १४:१८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय टोली आईसीसी पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको पहिलो नम्बरमा उक्लिएको छ ।

वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० शृङ्खला क्लिन स्वीप गरेपछि भारतीय टिम शीर्ष स्थानमा पुगेको हो । हिजो आइतवार भएको खेलमा तेस्राे तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिजलाई १७ रनले हराएपछि भारत दुई सय ६९ रेटिङसहित शीर्ष स्थानमा पुगेको हो ।

यस्तै वरीयताको दोस्रो स्थानमा रहेको इङ्ग्ल्यान्डको पनि दुई सय ६९ नै रेटिङ छ, प्वाइन्टका आधारमा इङ्ग्ल्यान्ड दोस्रो नम्बरमा रहेको हो । यस्तै तेस्रो स्थानमा रहेको पाकिस्तानको दुई सय ६६ रेटिङ छ । न्युजिल्यान्ड दुई सय ५५ रेटिङसहित चौथो स्थानमा रहँदा पाँचौँ स्थानमा रहेको दक्षिण अफ्रिकाको दुई सय ५३ रेटिङ छ । नेपाल भने एक सय ८६ रेटिङसहित १३ औँ स्थानमै छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया