क्यानडा ८० रनमै अलआउट, सन्दीपले १२ रन दिएर ३ विकेट लिए

 फागुन ९, २०७८ सोमबार १६:५९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट 'ए' अन्तर्गत नेपालसँगकाे खेलमा क्यानडा ८० रनमै अलआउट भएकाे छ । क्यानडा १५ ओभरमा अलआउट भएकाे हाे ।

क्यानडालाई कम रनमै राेक्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बाेहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए । 

याे खेलमा नेपाल विजेता भए सेमिफाइनलमा समूह 'ए' काे उपविजेता यूएईसँग खेल्नेछ । यस्तै नेपाल उपविजेता भए समूह 'ए' काे विजेता आयरल्यान्डसँग खेल्नेछ । 

सेमिफाइनल खेल भाेलि मङ्गलवार र फाइनल खेल आउँदाे बिहीवार हुनेछ । फाइनल पुग्ने दुई टोलीले आउँदाे अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कप खेल्न पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया