नेपाल समूह विजेता बन्दै टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा

 फागुन ९, २०७८ सोमबार १८:१३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल समूह 'ए' विजेता बन्दै आईसीसी टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज साेमवार ओमानकाे अल अमिरात मैदानमा क्यानडाले दिएकाे ८१ रनकाे लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाउँदै भेटाएकाे हाे । 

नेपालकाे जितमा कुशल भुर्तेलले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । यसअघि आशिफ शेख १७ रन बनाएर आउट हुँदा कुशल मल्ल खाता नखाेली एक बलमै आउट भए । बलिङतर्फ क्यानडाका कलीम साना र सलमान नजरले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन मात्र बनाउन सक्याे । उसका लागि डिलाेन हेलिगर नटआउट २४ र कप्तान नवनीत धलिवालले १८ रन बनाए पनि अन्य ब्याटरले राम्राे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बाेहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए । 

यसअघि नेपालले फिलिपिन्स र आयाेजक ओमानलाई हराएकाे थियाे । 

अब नेपालले सेमिफाइनलमा समूह 'बी' काे उपविजेता यूएईसँग खेल्नेछ । अर्काे सेमिफाइनलमा समूह 'बी' काे विजेता आयरल्यान्डले समूह 'ए' काे उपविजेता ओमानसँग खेल्नेछ । सेमिफाइनल खेल भाेलि मङ्गलवार हुनेछ । 

यस्तै फाइनल खेल आउँदाे बिहीवार हुनेछ । फाइनल पुग्ने दुई टोलीले आउँदाे अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कप खेल्न पाउनेछन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया