ए डिभिजन लिगमा पुलिस र एपीएफकाे खेल बराबरीमा

 फागुन १०, २०७८ मंगलबार १६:२०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा सकिएकाे छ । 

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज मङ्गलवार भएको पहिलो खेलमा पुलिस र एपीएफबीचको खेल एक–एक गोलको बराबरी टुङ्गिएको हो । 

खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको पहिलो मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।     त्यसपछि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा एपीएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा अरू गाेल हुन सकेन । 

याे बराबरीसँगै पुलिसले १२ खेलबाट १२ अङ्क जोडेको छ । समान खेल खेलेको एपीएफको भने १५ अङ्क भएको छ । 

लिगमा बाह्रौँ चरणको खेल चलिरहँदा विजेता र रेलिगेशनमा पर्ने टोलीहरूको  टुङ्गो लागिसकेको छ । लिगको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया