'फास्ट ट्र्याक' काे काम २०८१ सालको पुससम्म सकिने सेनाको दाबी

 फागुन १०, २०७८ मंगलबार १६:३३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाले काठमाण्डौ–तराई–मधेश द्रुत मार्ग अर्थात् फ्रास्ट ट्र्याककाे काम यो आर्थिक वर्षभित्र २१ प्रतिशत प्रगति हुने दाबी गरेको छ । सेनाले आज मङ्गलवार पत्रकार सम्मेलन गरेर यो आर्थिक वर्षभित्र २१ प्रतिशत र २०८१ सालको पुस महिनाभित्र फास्ट ट्र्याककाे काम सकिने जनाएको हो । 

आयोजनाको मुख्य चुनौतीका रूपमा रहेको सुरुङ मार्ग र पुल निर्माणका लागि ठेक्का सम्झौता भएर काम सुरु भएकाले २०८१ सालको पुससम्म काम सम्पन्न हुने काठमाण्डौ–तराई–मधेश द्रुत मार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिनुभयो ।

७२ दशमलव ५ किलोमिटर लामो द्रुत मार्गमा ६ किलोमिटर सुरुङ हुनेछ भने ८७ ठाउँमा बन्ने पुलको लम्बाइ १० किलोमिटर हुनेछ । ५५ किलोमिटर लम्बाइ सडकले ओगट्नेछ । ५५ किलोमिटरमध्ये ४४ किलोमिटर क्षेत्रमा सडकको काम ९० प्रतिशतसम्म डिजाइन लेभलमा आइसकेको उहाँले बताउनुभयो । 

ललितपुरको खोकना क्षेत्रमा जग्गा मुआब्जा र वातावरणीय प्रभाव मूल्याङ्कनको समस्याका कारण ठेक्का लाग्नै नसकेको सेनाले जनाएको छ । द्रुत मार्ग आयोजनाका लागि चालु आथिक वर्षमा आठ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । अब सबैजसो कामले गति लिइरहेकाले आवश्यकताअनुसार सरकारले बजेट विनियोजन गरेमा र खोकनाको विवाद समाधान भएमा २०८१ सालसम्म काम सकिने सहायक रथी पोखरेलले जानकारी दिनुभयो । 

नेपाली सेनाको क्षेत्राधिकार बाहिरका विषय पनि रहेकाले खोकना समस्या समाधानका लागि सरकार र संसद्को विकास समितिलाई जानकारी गराएको सेनाले जनाएको छ । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • santosh adhikari

    Feb. 24, 2022, 6:29 p.m.

    जति सुकै फास्ट ट्रयाक बनेपनि साधारण जन्ताको लागि भाडादर उहीँ भयपछि के गर्नु तेहि अनुसार ले कि कम गर्न पाय उचित हुने थियो

  •  0 Reply
  • Prakash Bist

    Feb. 23, 2022, 12:22 p.m.

    यो बाटो मा पनि महेन्द्र राज्मार्ग हुने जंगली जनावर हरु को आतन्क हुने त हैन भन्ने मेरो धारणा हो। यश बिसय लाई मध्यनजर गरेर जङ्गल क्षेत्र मा मात्र जाली को बेवास्ता गर्न सक्यो भने उचित हुने थियो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया